भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
सिन्धुपाल्चोककी गीता तिमिल्सिनाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


