शनिबार, आषाढ २०, २०८३
एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार इरान, पाकिस्तान र टर्कीबाट ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्म अफगानिस्तान फर्किएका हुन्।

सरकारी सञ्चारमाध्यम आरटीएले हक्कानीलाई उद्धृत गर्दै शनिबार राति उक्त तथ्य सार्वजनिक गरेको हो।

अफगान सरकारले स्वदेश फर्किने शरणार्थीहरूको व्यवस्थापनका लागि सीमाना नाकामा सहयोग प्रदान गर्दै आएको छ। यसअन्तर्गत करिब चार अर्ब अफगानी नगद सहयोग तथा अस्थायी आश्रयको व्यवस्था गरिएको जनाइएको छ।

सरकारी तथ्याङ्कअनुसार अझै पनि करिब ६० लाखभन्दा बढी अफगानी शरणार्थी इरान र पाकिस्तानमा बसोबास गरिरहेका छन्। ती देशहरूले कानुनी कागजात नभएका शरणार्थीलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय