शनिबार, आषाढ २०, २०८३
लामिछानेविरुद्ध मुद्दा फिर्ता निर्णय विवाद सर्वोच्चमा

काठमाडौँ । रवि लामिछाने विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार पुनः सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालत मा आज सुनुवाइ पूरा हुन नसकेपछि हेर्दाहेर्दैमा मंगलबारका लागि पेशी तोकिएको अदालतले जनाएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा दायर मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय