शनिबार, आषाढ २०, २०८३
दार्चुलामा जुवातास खेल्दै सात जना पक्राउ, नगद ५० हजार र तास बरामद

काठमाडौँ । दार्चुलामा जुवातास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ तल्लासैनस्थित अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक ५२ वर्षीय मोहनसिंह विष्टसहित सात जनालाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद ५० हजार रुपैयाँ र दुई बुक तास बरामद गरेको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय