काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा कुनै हतार, हतास वा दबाबका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा भएको बताएका छन्।
मंगलबार केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति नैतिक जवाफदेहिता लिँदै राजीनामा दिएको जानकारी दिए। उनले भने, “यो निर्णय हतार वा हतासमा आएको होइन, न कुनै दबाबका कारण, जवाफदेहिता अनुसार मैले यो कदम चालेको हुँ।”
सभापति थापाले निर्वाचनपछि नै राजीनामा दिने योजना बनाएका थिए र पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पेश गराइसकेका छन्। उपसभापति राजीनामा केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था छ।



















