मंगलबार, भाद्र ०२, २०८३
बागलुङमा एक हजारका नक्कली नोट फेला, बैंकहरूमा सचेत रहन आग्रह

काठमाडौँ । बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेको छ।

सेवाग्राहीले बैंकमा जम्मा गर्न ल्याएको रकम नक्कली रहेको पाइएको हो। नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार बागलुङ बजारका विभिन्न बैंकमा १८ भन्दा बढी एउटै नम्बरका नक्कली एक हजारका नोट फेला परेका छन्।

बागलुङस्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका एक हजारका नोटहरू नक्कली पाइएको छ।

कतिपय नम्बरका नोट दोहोरो भेटिएका कारण बैंक तथा सेवाग्राहीलाई सचेत रहन विशेष रूपमा आग्रह गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय