काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट जाँदै गरेको पिकअप भ्यान र ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस, पिकअप र ट्रकका चालकसहित अन्य यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको छ । हाल सडकमा यातायात सञ्चालन सामान्य अवस्थामा फर्किएको छ ।



















