शनिबार, चैत्र २८, २०८२
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, ४७ अंकले घट्यो सूचक

काठमाडौँ । नयाँ सरकार गठनपछि शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ४७ दशमलव ७१ अंकले घटेर २८३१ दशमलव ३९ बिन्दुमा झरेको छ, जुन १ दशमलव ६५ प्रतिशतको गिरावट हो।

आज ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक कारोबार हुँदा कुल १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा सहभागी सबै समूहका उपसूचक घटेका छन्। आज २३७ कम्पनीको शेयर मूल्य घट्दा मात्र २६ कम्पनीको मूल्य बढेको छ।

यद्यपि रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड का शेयरमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी सोलु हाइड्रोपावर लिमिटेड को शेयर मूल्य ७ दशमलव ७९ प्रतिशतले घटेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय