शनिबार, चैत्र २८, २०८२
बढ्दै सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा रु ६ हजार ७०० र चाँदीको मूल्य रु १४५ ले बढेको हो।

Federation of Nepal Gold and Silver Dealers’ Association का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार २०० कायम भएको छ भने चाँदी प्रतितोला रु ४ हजार ८४५ पुगेको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ७०० मा कारोबार भएको थियो। त्यसैगरी आइतबार सुन प्रतितोला रु २ लाख ८६ हजार र चाँदी प्रतितोला रु ४ हजार ७२० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५६० अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय