काठमाडौँ । आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
साथै, चाँदीको मूल्य पनि १ रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



















