शनिबार, चैत्र २८, २०८२
नेप्से ७४.७३ अंकले घट्यो

काठमाडाैं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २,७७६.३६ विन्दुमा झरेको छ, जुन २.६२ प्रतिशतको गिरावट हो।

आज ३४७ कम्पनीका ३ करोड २ लाखभन्दा बढी कित्ता शेयर १ लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा सबै समूहका उपसूचक ओरालो लागेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा लगायत सबै क्षेत्रमा गिरावट देखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय