काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार किरातीले पद त्यागेको पुष्टि भइसकेको छ। यद्यपि, उनको राजीनामा हालसम्म औपचारिक रूपमा स्वीकृत भएको छैन।



















