काठमाडौ । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
शुक्रबार बसेको पार्टीका शीर्ष नेता बैठकले यो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
चालिसेका अनुसार, “जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। संसदलाई सहमति र सहकार्यको थलो बनाउन यो निर्णय गरिएको हो।”



















