बिहिबार, बैशाख १७, २०८३
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ । रूसको उल्यानोव्स्क क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन्, तर मानविय क्षति भने रिपोर्ट गरिएको छैन। स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका हुन्।

मस्कोबाट करिब ९०० किलोमिटर पूर्वस्थित उल्यानोव्स्क क्षेत्रमा उक्त रेलका सातवटा डिब्बा लिगबाट खस्दै दुर्घटनाग्रस्त भएका थिए। रेल युरल्सको चेल्याबिन्स्क सहरबाट राजधानी मस्को तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको उल्यानोव्स्कका क्षेत्रीय गभर्नर अलेक्सी रुस्किखले बताए।

मिडियामा सार्वजनिक तस्वीरहरूमा दुर्घटनाग्रस्त डिब्बाहरू रेल लिगको छेउमा देखिएका छन्। घटनाको कारण तुरुन्तै पत्ता लागेको छैन।

रूसी अनुसन्धान समिति अनुसार रेलवे सुरक्षा र परिचालन नियम उल्लङ्घन भए/नभएको विषयमा अनुसन्धान सुरु गरिएको छ र अनुसन्धानकर्ताहरू घटनास्थलमा तैनाथ छन्।

रूसी रेलवे (आरजेडडी)का एक अधिकारीले ट्रेनमा ४१२ यात्रु सवार रहेको जानकारी दिएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय