सोमबार, बैशाख ०७, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले: सुधारका काम द्रुतगतिमा, बजेट तयारी जारी

काठमाडौँ । डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका काम द्रुतगतिमा अगाडि बढाइरहेको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा डा. वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए।

उनले भने, “प्रधानमन्त्रीले गति सेट गरिदिएका छन्, र सिङ्गो सङ्घीय सरकार त्यस रफ्तारलाई पछ्याइरहेको छ। हाल मन्त्रालयबीच कसले तीव्र काम गर्ने भनेर होडबाजी समेत भइरहेको छ।”

डा. वाग्लेले अर्थमन्त्री पदमा बहाल भएदेखि उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिइरहेको बताए र उद्योगीहरूको वर्षौंदेखिको गुनासोलाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गरे।

उनले आफ्नो पूर्वअग्रेज रामेश्वरप्रसाद खनाल नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने प्रयास भइरहेको बताए। साथै, राजस्व अनुसन्धान विभागको खारेजी र १५ वटा पुराना असान्दर्भिक ऐनहरू हटाइएको जानकारी दिए।

डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति अभावमा उद्योगी–व्यवसायी मर्कामा परेको गुनासो सुनाउँदै, बिजुली नियमित र भरपर्दो व्यवस्था सुनिश्चित गर्न आग्रह गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय