सोमबार, बैशाख ०७, २०८३
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ।

शनिबार लामिछानेको निजी निवासमा भएको उक्त भेटवार्तामा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ।

यसअघि रास्वपाले डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक–फरक दल तथा लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय