काठमाडौँ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पोखरा महानगरपालिकाले लेकसाइड क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ।
शनिबार बिहान ६ बजे वडा नम्बर १८ खपौंदीबाट सुरु गरिएको अभियान पोखराको ठूलो होटल पोखरा वाटर फ्रन्ट रिसोर्टसम्म साङ्केतिक रूपमा संरचना हटाउँदै अघि बढाइएको महानगरले जनाएको छ।
तर संरचना हटाइएको क्षेत्रमा स्थानीयले कुनै पूर्वसूचना नदिई डोजर चलाइएको भन्दै विरोध गरेका छन्।
विरोधका कारण लेकसाइडको खहरेदेखि खपौदीसम्म सवारी आवागमन समेत अवरुद्ध भएको थियो।



















