काठमाडौँ । शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने नीति लिएको बताउनुभयो।
कार्यक्रममा ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरीले काम गरिरहेको जानकारी दिनुभयो। त्यस्तै प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका लागि सरकारबाट सहयोग आवश्यक रहेको बताउनुभयो।
कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।



















