काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन योजना (पीएसपीपी)ले निजी क्षेत्रको मनोबल उकास्न सहयोग पुग्ने बताएका छन्।
आज उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको आठौँ सभामा बोल्दै ढकालले निजी क्षेत्रले सरकारको पीएसपीपी योजनालाई सकारात्मक रूपमा लिएको बताए।
उनी भन्छन्, “हामीले वर्षौँदेखि निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि कार्ययोजना माग गर्दै आएका थियौँ। सरकारले हाम्रो प्रस्तावलाई स्वीकार गरेकोमा हामी आभारी छौँ।”
ढकालले शिक्षण क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै उद्योग लक्षित योजना पनि आवश्यक रहेको बताए र सरकारले उद्योग सञ्चालनका लागि निर्वाध नीति कार्यक्रम ल्याउनुपर्ने जोड दिए।



















