शनिबार, चैत्र २८, २०८२
धुलिखेल–खावा सडकमा कालोपत्रे काम सुरु

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेश का अनुसार, धुलिखेल चोकबाट कालोपत्रेको काम शुरु भएको हो।

योगेशले जानकारी दिनुभयो, “धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर र दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे गरिनेछ।”

यसअघि २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी गौरी पार्वती निर्माण सेवा ले ठेक्का पाएको थियो। तर, म्याद सकिए पनि निर्माण सम्पन्न नभएपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरेको थियो।

नयाँ ठेक्का गत साउनमा खुलाइ १४ महिनामा काम सक्ने लक्ष्यसहित सिएम एवन काली जेभी लाई प्रदान गरिएको छ। ठेक्का अनुसार ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी काम सुरु गरिएको छ।

कन्ट्याक्ट म्यानेजर राजन योगल का अनुसार, ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस राखिनेछ र दुई चरणमा डिबिएम तथा अस्फाल्ट कालोपत्रे गरिनेछ।

यो सडक चीनसँगको छोटो दूरीको नाका कोदारी नाका साथै सिन्धुपाल्चोक, रामेछाप, दोलखा र ओखलढुंगा लगायतका स्थानमा जाने मार्गमा महत्त्वपूर्ण छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय