शनिबार, चैत्र २८, २०८२
मन्त्रीहरूलाई परराष्ट्र नीति र कूटनीतिक आचारसंहिताबारे प्रशिक्षण

काठमाडौँ । मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे प्रशिक्षण प्रदान गरिएको छ।

बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्का १५ जना सदस्यलाई प्रशिक्षण दिएको हो। सो प्रशिक्षण आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले सञ्चालन गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित प्रवर्द्धन तथा परराष्ट्र प्राथमिकताका विषयमा मन्त्रीहरूलाई जानकारी गराइएको थियो।

यसका साथै विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्तामा अपनाउनुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताको अनिवार्य पालना सम्बन्धी विषयमा पनि विस्तृत प्रस्तुती गरिएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय