बिहिबार, बैशाख १७, २०८३
षडानन्दमा कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ

भोजपुर । षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको छ। घटना सम्बन्धमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामालका अनुसार मृतक तामाङ षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए।

४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई, २६ वर्षीय राजेश दर्जी र २१ वर्षीय सुनील राईले मंगलबार राति तामाङलाई घरमै गएर कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका चारैजनालाई आज उनीहरूको घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय