काठमाडाैं । रमेश लेखकले आफूविरुद्धको प्रकरणमा कानुनी तथा राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्।
उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित रहेको टिप्पणी गरेका छन्। गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ दबाएको आरोपमा लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। पछि सर्वोच्च अदालतको परमादेशपछि उनी बिहीबार रिहा भएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन् कि आयोगको प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको भए पनि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै उनले आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएकाले आगामी दिनमा पनि कानुनी तथा राजनीतिक लडाइँ जारी रहने बताएका छन्।



















