बुधबार, बैशाख १६, २०८३
नयाँ र पुराना दलको विचार एउटै भएको ज्ञानेन्द्र शाहीको टिप्पणी

काठमाडौं ।  ज्ञानेन्द्र शाहीले नयाँ र पुराना राजनीतिक दलहरूको विचार एउटै भएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दलहरूको साइनबोर्ड फरक भए पनि नीतिगत सिद्धान्त र विचारको आधार एउटै रहेको दाबी गरे। शाहीका अनुसार मौलिक व्यवस्था खोज्नेहरू र वर्तमान व्यवस्थालाई सुधार्ने पक्षबीच स्पष्ट कित्ता छुट्टिएको छ।

उनले संसदमा सङ्ख्याका हिसाबले कम भए पनि आफूहरू नै वास्तविक र बलियो प्रतिपक्ष भएको दाबी गरे। साथै, उपसभामुखको उम्मेदवारीमा रास्वपा सभापति रवि लामिछाने बाट सहयोगको आश्वासन पाएर नै उम्मेदवारी दिएको पनि उनले स्पष्ट पारे।

सिफारिस

ताजा समाचार

लोकप्रिय