शनिबार, जेठ १६, २०८३
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ। यो नयाँ दर काठमाडौँ उपत्यकाभित्र तथा काठमाडौंबाट बागमती प्रदेशका विभिन्न शहर र बस्तीमा सञ्चालन हुने सवारी साधनमा लागू हुनेछ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीको भाडादर राजपत्रमा प्रकाशित गरी लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार उपत्यकाभित्रका सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ भने ट्याक्सीमा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५

प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ। विद्युतीय सवारी तथा ट्याक्सीको भाडा भने यथावत राखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय