काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।
आज नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरीका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।
कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खडका, अनुसन्धानतर्फका एसपी अभिनय कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।















