काठमाडौँ । ललितपुर चिडियाखानाभित्र एक पुरुषको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा ती पुरुष आज बिहान फेला परेका थिए।
उद्धारपछि प्रहरीले शवलाई पाटन अस्पताल पठाएको जनाएको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
प्रहरीका अनुसार मृतक चिडियाखाना घुम्न गएका व्यक्ति हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



















