शुक्रबार, बैशाख ०४, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाह: “देश सधैँ विकल्प खोज्दा प्रयोगशाला बन्यो”

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह ले देश निरन्तर विकल्प, प्रयोग र अभ्यासको प्रक्रियामा रहँदा नेपाल “प्रयोगशाला” जस्तो बन्न पुगेको टिप्पणी गरेका छन् ।

नयाँ वर्ष ०८३ को पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवापिँढीको सहभागिता बढ्नु सकारात्मक पक्ष भएको उल्लेख गरेका छन् । तर, देशलाई स्थिरता र दीर्घकालीन दिशाभन्दा पनि बारम्बार प्रयोग र विकल्पको खोजीमा धकेलिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ, फलस्वरूप देश प्रयोगशाला मात्रै भयो।” साथै, स्थिरता, निरन्तरता र दृढताको कमीले समग्र विकास प्रभावित भएको उनको भनाइ छ ।

शाहले पढेलेखेका, प्रविधिमा दक्ष र देशबारे बुझाइ भएका नयाँ पुस्ताको सक्रिय सहभागिताले राष्ट्रलाई सकारात्मक दिशामा लैजान सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय