मंगलबार, भाद्र ०२, २०८३
खसीबजार क्षेत्रमा ५४ व्यापारिक फर्ममा अनुगमन, सबैलाई सुधार गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान तथा फर्ममा अनुगमन गरेको छ।

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरण रोक्न तथा उपभोक्ता अधिकार संरक्षण गर्ने उद्देश्यले सोमबार अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमन काठमाडौँ महानगरपालिका-१४ अन्तर्गत पर्ने खसीबजार आसपासका क्षेत्रमा केन्द्रित थियो।

विभागका अनुसार अनुगमनमा परेका सबै फर्मलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय