शुक्रबार, बैशाख ०४, २०८३
आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

काठमाडौँ । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ विभिन्न कार्यक्रमका साथ सुरु भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहमा नागरिकस्तरमा घटना दर्तासम्बन्धी जनचेतना बढाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

व्यक्तिगत घटना दर्ता व्यक्तिको कानुनी पहिचान स्थापित गर्ने, नीति निर्माणमा सहयोग पुर्‍याउने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउने आधार मानिन्छ। सोही उद्देश्यले देशभरका स्थानीय तहले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय