शुक्रबार, बैशाख ०४, २०८३
शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन यही वैशाख ४ गते हुने भएको छ।

सङ्घीय संसद् सचिवालय ले यसका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।

निर्धारित कार्यक्रमअनुसार बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्न सकिनेछ। प्रस्तावमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य रहने व्यवस्था गरिएको छ।

शुक्रबार बस्ने बैठकमा प्रस्तावमाथि छलफलपछि निर्णय लिइनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय