शुक्रबार, बैशाख ०४, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ३० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ पुगेको छ।

हिजो भने सुन ३ लाख २ हजार ७०० र चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ८२१ अमेरिकी डलर र चाँदी ८० डलरमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय