बिहिबार, बैशाख ०३, २०८३
नेप्से ३३.८३ अंकले घट्यो, अधिकांश कम्पनीको मूल्यमा गिरावट

काठमाडौँ । आज सेयर बजारमा गिरावट देखिएको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेर २८३३ बिन्दुमा कायम भएको छ। यसअघि नेप्से ३३.२७ अंकले बढेको थियो।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडमा सीमित रह्यो। आज ३१ कम्पनीको शेयर मूल्य बढ्दा २३६ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।

सबै उपसमूहका सूचकहरूमा गिरावट आएको छ। फाइनान्स समूह सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ। बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार समूह १.०१ प्रतिशतले घटेका छन्।

यद्यपि, केही कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरका शेयर मूल्य १० प्रतिशतले बढेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय