काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय अजय चौधरी सरसफाइ गर्ने क्रममा गणको मेसको माथिल्लो तलाको छतबाट खसेका थिए।
आज बिहान करिब ८ बजेतिर छत सफा गर्ने क्रममा खसेर बेहोस भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















