काठमाडौँ । प्युठानमा सिकारका क्रममा भएको गोलीकाण्डमा एक युवकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छन्।
गौमुखी गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा प्रेमी–प्रेमिका बसिरहेको अवस्थामा जंगली जनावर सम्झेर गोली चलाउँदा उनीहरूलाई लागेर दुर्घटना भएको हो। ‘बँदेल देखियो’ भन्दै गोली चलाउँदा नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा साथमा रहेकी १८ वर्षीया किशोरी घाइते भएकी छन् र उपचारपछि उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार वीरेन्द्र केसीसहित चार जना सिकार खेल्न जंगल गएका थिए। घटनापछि संलग्न सबैलाई पक्राउ गरिएको छ भने उनीहरूबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।



















