काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल सँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएने ले शिष्टाचार भेट गरेकी छन्।
आज परराष्ट्र मन्त्रालय, नेपाल मा भएको भेटमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहकार्यका नयाँ क्षेत्र पहिचान गरी सहयोग विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।



















