आइतबार, बैशाख ०६, २०८३
भिरकोट–८ का ६०० विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

काठमाडौँ । स्याङ्जाको भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ६०० विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ।

वडाले यही वैशाख १ गतेदेखि बालमैत्री कार्यक्रमअन्तर्गत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई रु १ लाखसम्मको स्वास्थ्य बिमा लागू गरेको हो।

वडाध्यक्ष नन्दलाल खनाल का अनुसार वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई जन्मदर्ताका आधारमा बिमा सुविधा दिइएको हो।

उनका अनुसार बिमा लागू भएका अस्पतालमा उपचार बिमाअनुसार नै हुने र अन्य अस्पतालमा उपचार गर्दा रसिदका आधारमा भुक्तानी प्रक्रिया पूरा गरिनेछ।

वडाले यसअघि पनि जन्मदर्ता प्रोत्साहनका लागि नवजात शिशुको नाममा खाता खोलेर रु ५ हजार जम्मा गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय