काठमाडौँ । वैशाख ६ गते बिहान ११ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ।
बैठकमा अघिल्लो बैठकमा पेश भएका विधेयकहरूमा सैद्धान्तिक छलफल गरिनेछ।
छलफलपछि ती विधेयकहरूलाई विस्तृत अध्ययनका लागि विभिन्न समितिहरूमा पठाइनेछ। समितिहरूले दफाबार छलफल गरी सुझावसहित प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको सचिव रामकुमार पौडेलले बताएका छन्।



















