काठमाडौँ । बैतडीको सुर्नया गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
ढोल्यामोड–पुर्चौडी सडकखण्डमा शुक्रबार दिउँसो दुई मोटरसाइकल ठोक्किँदा स्थानीय ३४ वर्षीय जनक लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेर चार जना घाइते भएका छन्। घाइतेमध्ये अमिर कठायत र हिक्मत कुँवरलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















