शनिबार, बैशाख ०५, २०८३
रेसुंगा विमानस्थलबाट अब सातामा चार दिन उडान, भाडादर पनि वृद्धि

काठमाडौँ । रेसुंगा विमानस्थल बाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन हुने भएको छ।

नेपाल वायुसेवा निगम ले काठमाडौँ–गुल्मी रुटमा आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि भने आइतबार, मंगलबार र बिहीबार मात्र उडान सञ्चालन हुँदै आएको थियो।

निगमका अनुसार आन्तरिक उडानतर्फ प्रयोग हुने ट्विनअटर विमानको मर्मतसम्भार सम्पन्न भएसँगै उडान संख्या बढाइएको हो। उडान तालिका थपिएसँगै भाडादरमा पनि वृद्धि गरिएको छ।

नयाँ भाडादरअनुसार काठमाडौं बाट रेसुंगासम्म प्रतियात्री १० हजार ९०२ रुपैयाँ तोकिएको छ भने रेसुंगाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ कायम गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय