काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ‘गाँजाको तेल’सहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनी शुक्रबार दिउँसो करिब १ बजे Air India को विमानमार्फत भारतको दिल्ली जान लागेका थिए।
लगेज जाँचका क्रममा उनको सामानबाट ‘गाँजाको तेल’ फेला परेको हो। प्रहरीले १.२५ लिटर क्षमताका पाँच वटा बोतलमा उक्त पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो को जिम्मा लगाइएको छ।



















