आइतबार, बैशाख ०६, २०८३
बाँकेमा एम्बुलेन्सको ठक्करबाट हजुरबुबा र नातिको मृत्यु, दुई घाइते

काठमाडौँ । बाँकेमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज बिहान सडक पार गरिरहेका चार जनालाई ठक्कर दिएको हो। घटना गुलरिया–७ स्थित वन डिभिजन कार्यालय नजिक भएको हो।

दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेल को ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा भूमिकी पत्नी सीता लामिछाने र स्थानीय सूर्य उपाध्याय रहेका छन्। उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल मा उपचार भइरहेको छ।

प्रहरीका अनुसार उनीहरू बिहानै योग गर्न आयुर्वेद अस्पताल जाँदै गर्दा सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय