आइतबार, बैशाख ०६, २०८३
डिपी अर्यालपछि प्रवास विभागको जिम्मा बोहरालाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठनात्मक पुनर्संरचना अन्तर्गत प्रवास विभागको नेतृत्व परिवर्तन गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि उक्त विभागको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए। नयाँ नियुक्तिसँगै प्रवासमा रहेका नेपालीहरूसँग पार्टीको सम्बन्ध अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय