काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसअनुसार संविधानको धारा ९३(२) बमोजिम दुवै सदनको अधिवेशन अन्त्य गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुनेछ। यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ।











