धनुषा । धनुषाको कमला नगरपालिका–७ सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय खजुरीका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ का आकाश यादवको ज्यान गएको हो।
प्रहरीका अनुसार खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो। घटनापछि आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















