काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारीका लागि तलबभत्ता वितरण प्रणालीमा परिवर्तन गर्दै अब प्रत्येक १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ।
यसअघि मासिक रूपमा हुँदै आएको तलब वितरणलाई प्रतिस्थापन गर्दै पाक्षिक प्रणाली लागू गरिनेछ।
वैशाख ४ गतेको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयलाई कार्यान्वयनका लागि पत्राचार गरिएको छ। मन्त्रालयका अनुसार यो व्यवस्था क्रमशः मातहतका निकायहरूमा विस्तार गरिनेछ।
बजारमा नगद प्रवाह वृद्धि र कर्मचारीको आर्थिक व्यवस्थापन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।



















