सोमबार, बैशाख ०७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

काठमाडौँ । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ।

आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा पुगेको हो।

आज ३४९ कम्पनीका एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यसैबीच, नेप्सेले सेयर मूल्यमा १० प्रतिशतसम्म हुने उतारचढावमा लाग्ने ‘सर्किट ब्रेक’को सीमा बढाएर १५ प्रतिशत बनाएको छ। सोही व्यवस्थाअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १ दशमलव ०१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहका उपसूचकहरू घटेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय