काठमाडौँ । सरकारले सहकारी व्यवस्थापनलाई व्यवस्थित बनाउन डिल्लीराज आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार समितिमा नवराज सिम्खडा र रोशन शाक्य सदस्यका रूपमा रहनेछन्।
त्यसैगरी, तीनवटा महत्वपूर्ण ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गर्न अनुमति दिइएको छ।
बैठकले धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गुणकर भट्टको संयोजकत्वमा समिति गठन गरेको छ, जसमा डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।



















