काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ। नेप्से परिसूचक १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा कायम भएको हो।
कारोबारमा ३४७ कम्पनी सहभागी हुँदा एक करोडभन्दा बढी कित्ता शेयर किनबेच भई रु ५.७७ अर्ब बराबरको कारोबार भएको छ।
होटल तथा पर्यटन समूहबाहेक सबै उपसूचक घटेका छन्। यसबीच सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको सबैभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।



















