काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज नगरी सुधारमार्फत सुदृढ बनाइने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सेवा प्रवाह प्रभावकारी हुने उल्लेख गरे। उनले विषयविज्ञको भूमिका महत्वपूर्ण रहेको बताउँदै गहिरो अध्ययन र दीर्घकालीन सोच आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्री शाहले परिणाममुखी काम गर्न निर्देशन दिँदै बहानाबाजी नगर्न आग्रह गरे। मन्त्रालयहरूबीच समन्वय अभाव स्वीकार्य नहुने र बजेट तथा कानुनी जटिलतालाई काम नगर्ने कारण नबनाउन चेतावनी दिए।



















